+
+

ढुङ्गो लागेर एकको मृत्यु, एक घाइते

सन्तोष कोट्टारी सन्तोष कोट्टारी
२०७४ भदौ २९ गते १९:१४

२९ भदौ, दार्चुला । खोलामा पानी भर्न गएको बेला माथिबाट खसेको ढुङ्गाले लागेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएकी छन् ।

पानी भर्न गएका नन्द भाउजुलाई माथिबाट खसेको ढुङ्गाले च्याप्दा मालिकार्जुन गाउँपालिका २ मलबावकी लक्ष्मी धामीको घटनास्थलमै मृत्यु भएको हो ।

उनीसँगै रहेका १८ वर्षीया नन्द दीपा धामी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए ।

गम्भीर घाइते दीपाको उपचारका लागि मेडिकल कलेज कोहलपुर रिफरगरिएको छ ।

रोजगारीको सिलसिलामा भारतको मुम्बइ बस्दै आए लक्ष्मी र उनका श्रीमान दिनेशसिँह धामी दशैँ तिहार मनाउन २ दिन अघि मात्रै घर आइपुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?