+

बार्सिलोना अध्यक्षः मेस्सी नयाँ सम्झौता अनुसार खेलिरहेका छन्

२०७४ भदौ  ३० गते ११:४९ २०७४ भदौ ३० गते ११:४९
बार्सिलोना अध्यक्षः मेस्सी नयाँ सम्झौता अनुसार खेलिरहेका छन्

युभेन्टसबिरुद्ध मंगलबारको जितले बार्सिलोनाका समर्थकमाझ देखिएको असन्तुष्टिको आक्रोशमा चिसो पानी छ्यापेको छ । र, लियोनल मेस्सीको बारेमा पनि एउटा सुखद खवर छ, जुन बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले पुष्टि गरेका छन् कि मेस्सीले नयाँ सिजन नयाँ सम्झौता अनुसार खेलिरहेका छन् ।

हालैका दिनहरुमा मेस्सीको सम्झौता नवीकरणसम्बन्धी बिषयलाई बार्सिलोनाको भविश्यसँग जोडेर हेर्न थालिएको थियो । अध्यक्ष बार्टोमेउले सम्झौता भइसकेको बताएपनि मेस्सीका पक्षबाट यसको पुष्टि भइसकेको छैन ।

मेस्सीका पिताको अग्रसरतामा नयाँ सम्झौतामा हस्ताक्षर गरिएको बार्सिलोनाका अध्यक्ष बार्टोमेउले स्पेनिस टिभीलाई दिएको अन्तर्वार्तामा खुलासा गरेका छन् ।

‘हामी मेस्सीसँगको सम्झौताको तस्वीर यसै सिजनको अन्तसम्ममा सार्वजनिक गर्नेछौं तर, अनुबन्ध नवीकरण भइसकेको छ, उनको पितासँग भएको छ जोसँग उनको इमेज राइट छ । अनुबन्ध २०२२ सम्म रहनेछ र उनी यसअघि नै नयाँ सम्झौता अन्तर्गत खेलिसकेका छन् ।’ बार्टोमेउले बिस्तारमा बताए ।

आन्द्रेस इनिएष्टा स्वयम्ले आफ्नो सम्झौता नवीकरण गर्न अस्वीकार गर्नुलाई पनि निक्कै महत्वपूर्ण मानिएको छ । बार्टोमेउले आग्रह गरेका छन् कि क्बव सम्झौता नजिक पुगिसकेको थियो तर, खेलाडीले पूरै अस्वीकार गरिदिए ।

बार्सिलोनाका भेट्रान मिडफिल्डरको बिषयमा सोधिएको प्रश्नमा, ५४ वर्षीय अध्यक्षले भने, ‘इनिएष्टालाई क्याम्प नाउमै राख्नका लागि योजना थिए । जसमा सम्झौताको केहि बिशेष कुराहरु सामेल गरिएको थियो, केवल त्यो उनकै लागि मात्र थियो ।’

‘इनिएष्टासँगको सम्झौता बिशेष हुनेछ, किनभने त्यो उनका लागि मात्र हुनेछ । म तपाईंलाई सम्झौताका टर्म एण्ड कण्डिसनबारे त बताउन सक्दि तर, उनीसँग हामी लामो समयदेखि कुराकानीमै छौं ।’

‘कुनै पनि बार्सिलोनाका समर्थक ३३ वर्षीय खेलाडीको महत्वको बिरुद्धमा बहस गर्न सक्दैन । उनी क्लबका प्रतिक हुन् ।’

‘बार्सिलोनाका केवल खेलाडीमा होइइन््, उनी हाम्रा युवा समर्थकका लागि प्रेरणा हुन् । यहाँसम्म कि उनी क्लकमा खेल्ने अधिकार हासिल गरिसकेका छन् । हाम्रो प्रार्थाना यो रहनेछ कि उनी कुनैपनि यस्ता निर्णय नगरुन्, आन्द्रेस क्लबका लागि महत्वपूर्ण छन् र अपेक्षा गर्छु कि उनीसँगको सम्झौता नवीकरण हुनेछ ।’

बार्सिलोनाको यस सिजनको ट्रान्सफर बिजनेशका कारण समर्थक निक्कै निराश थिए । केवल पाउलिन्हो, ओस्मान डेम्बेले र नेल्सन सेमेडोमात्र सुरुवाती टिमबाट खेल्ने खेलाडी अनुबन्धित भए । क्लब प्रमुखले बार्सिलोनाको समर ट्रान्सफरमा आफूमा कुनै पछुतो नरहेको बताए ।

‘ममा ट्रान्सफर समयका बारेमा कुनै निराहा छैन । म हामीले अनुबन्ध गरेको खेलाडीसँग खुसी छु । हामीलाई एक सक्षक राइट ब्याक चाहिएको थियो, सेमेडो आइहाले, पाउलिन्हो मिडफिल्डमा आएर र डेल्मेलेले नेइमारको प्रतिस्थापन गर्नेछन् । र डेलोफू लयमा फर्किएकोमा पनि म निक्कै खुशी छु ।’ उनको निश्कर्ष थियो ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय