Comments Add Comment

चुनावका प्रचार सामग्री हटाउन आफै खटिए सीडीओ

३० भदौ, सप्तरी । आचारसंहितालाई नै चुनौति दिँदै राजनीतिक दलहरुले सार्वजनिक ठाउँहरुमा राखेका चुनावका प्रचार सामाग्रीहरु प्रहरीले हटाएको छ ।

जिल्लाका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेको नेतृत्वमा खटिएका प्रहरीले सार्वजनिक ठाउँहरुमा लगाइएको झण्डा, ब्यानर, पर्चा, पप्लेटहरु हटाएको हो ।

प्रजिअ पाण्डे नेतृत्वको टोलीमा जिल्ला प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंह, सशस्त्र प्रहरी उपरीक्षक रामाधर यादवसहितका अधिकारीहरु समेत सहभागी थिए ।

राजविराजको मुटु मानिने गजेन्द्र चोकमा प्रत्येक दल र स्वतन्त्र उम्मेदबारहरु समेतले आ-आफ्नो प्रचार-प्रसारको सामग्री राखेका थिए । यसले नगर कुरुप जस्तै बनेको थियो भने आचारसंहितको समेत उल्लंघन भएको थियो ।

निर्वाचन आयोगको आचार संहिताको परिच्छेद २ को ८ नम्बर बुदाँमा राजनीतिक दलका उम्मेदवारहरुले विद्यालय, सरकारी तथा सार्वजनिक भवन तथा धार्मिक पुरातात्विक भवनको भित्तामा पर्चा टाँस्न मनाही गरेको छ ।

आचारसंहिताको बुदा नंम्बर १३ मा बालबालिकाको प्रयोग गर्न नपाइने उल्लेख भए पनि उम्मेदबारहरु यसतर्फ ध्यान दिन सकेको छैन ।

यस्तै आचारसंहिताको परिच्छेद ५ को १२ नम्बर बुँदामा आमसभा गरेको स्थल र समय बाहेक अन्य स्थल र समयमा माइक तथा लाउडस्पिकर र ध्वनी उत्पन्न गर्ने अन्य यन्त्र प्रयोग गर्न नहुने भनिएको छ ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले हरेक सार्वजनिक ठाउँमा राखिएको प्रचार-प्रसारको सामग्री हटाइने बताए । उनले राजविराजसहित जिल्लाको हरेक ठाउँबाट यस्ता सामग्री हटाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment