+
+

एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने भवन भट्टको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ ३१ गते १३:३३

३१ भदौ, काठमाडौं । भवन भट्टले गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

वर्तमान उपाध्यक्ष समेत रहेका भट्टले शनिबार पत्रकार सम्मेलन गरेर आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले यसअघि एनआरएन जापानको अध्यक्ष तथा एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदको कोषाध्यक्षका रुपमा पनि काम गरिसकेका छन् ।

उम्मेदवारी घोषणा गर्दै भट्टले वर्तमान नेतृत्वले अघि बढाएको लाप्राक नमुना वस्ती निर्माणलाई समयमै सक्ने गरी काम गरिने बताए । त्यसपछि दोलखामा अर्को वस्ती निमार्णका लागि गहृकार्य गर्ने उनको प्रतिवद्धता छ ।

सँगै भट्टले वर्तमान नेतृत्वले अघि सारेको एनआरएनको भिजन ट्वान्टी-ट्वान्टी एण्ड वियोन्ड, समुहिक लगानीका परियोजना निर्माण लगायतका कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।

उनले एनआरएन भवन निर्माणलाई पनि प्राथमिकता दिने बताए ।

भिजन ट्वान्टी-ट्वान्टी एण्ड वियोन्ड वर्तमान अध्यक्ष शेष घलेले अघि सारेको एनआरएनको भावी कार्यदिशा हो । जसमा सन् २०२० सम्म एनआरएनले के-के गर्ने भन्ने नीति तथा कार्यक्रम उल्लेख छन् ।

वर्तमान नेतृत्वको एजेण्डालाई समर्थन गरेर जस लिन खोजेको हो कि भन्ने सञ्चारकर्मीको जिज्ञाशामा भट्टले एनआरएनलाई अघि बढाउन भिजन ट्वान्टी-ट्वान्टीलाई स्वभाविक रुपमा ग्रहण गर्न लागिएको बताए ।

साथै एनआरएनएमा आवद्ध वैदेशिक रोजगारीमा रहेका नेपालीको बीमा गर्ने, स्टार्टअप फन्डको व्यवस्था गर्ने, स्मार्ट एनआरएन बनाउने उनको नयाँ एजेण्डा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?