Comments Add Comment

सडकमा भेटिएको घोरल जंंगलमा छोडियो

१ असोज, जाजरकोट । छिन्चु जाजरकोट सडकको भुरचौरस्थित सडकमा भेटिएको घोरल जंगलमा लगेर छोडिएको छ ।

नेपालगञ्जबाट खलंगा तर्फ आउँदै गरेको ना. ६ ख. ४२१७ नम्बरको बसका यात्रुहरुले शनिबार रातको समयमा बाटोमा बसिरहेको घोरल फेला पारेका थिए ।

यात्रुले घोरललाई मार्न खोजेका थिए तर बसमा सवार जिल्ला वन कार्यालयका वन रक्षक रुऽबहादुर शाही र बसका चालकले घोरललाई जिल्ला वन कार्यालय पुर्‍याएका थिए ।

सम्बन्धित निकायसँगको परामर्शमा घोरलको प्राकृतिक बास स्थानमा नै छोडिदिने भन्ने निर्देशन बमोजिम आइतबार स्थानीय प्रशासनको रोहबरमा पुनः भुरचौरको जंगलमा छोडिएको निमित्त कार्यालय प्रमुख ऋषभदेव खनालले बताए ।

करिब एक वर्षको भाले घोरल चार फिट लम्बाई र साढे दुई फिट उचाईको रहेको निमित्त प्रमुख खनालले जानकारी दिए । घोरल स्वस्थ नै रहेको छ । सो घोरल गाडीको लाईटले भाग्न नसकेको उनले बताए ।

संरक्षित जंगली जनावरको सूचीमा रहेको घोरल केही वर्ष पहिले धेरै पाईने गरेकोमा चोरी शिकारी र वनजंगल विनासका कारण पछिल्लो समय लोप हुँदै जान थालेका छन् ।

नरेश राना मगरबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment