Comments Add Comment

झापाको सुरुङ्गामा मोटरसाइकलले ठक्कर दिँदा एकको मृत्यु

१ असोज, झापा । झापामा आइतबार मोटरसाइकलले ठक्कर दिदा एक जना पैदलयात्रुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कनकाई नगरपालिका-३, सुरुङ्गाका ७० वर्षीय रिपुकर्ण भट्टराई छन् ।

कनकाई-३ मा रहेको सुरुङ्गा पुल नजिकै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को ४ प ९५२६ नम्बरको मोटरसाइकलले भट्टराईलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित वीएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।

दुर्घटनाबाट मोटरसाइकल चालक झापा गोलधाप-३ का ३० वर्षीय विजय रुसाल र पछाडि सवार २६ वर्षीया जशोधा भुसाल घाइते भएका छन् ।

घाइते दुवैको विर्ता सिटी अस्पताल, बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment