Comments Add Comment

प्रदेशसभाका लागि पिछडिएको क्षेत्र र अल्पसंख्यक तोकियो

२ असोज, काठमाडौं । सरकारले प्रदेशसभाको चुनावी प्रयोजनका लागि ‘पिछडिएको क्षेत्र’ र ‘अल्पसंख्यक’ जातिको परिभाषा निर्धारण गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले पिछडिएको क्षेत्र तोकी राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले प्रदेशसभा निर्वाचनको प्रयोजनका लागि ‘अल्पसंख्यक’ तोकी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्ने अर्को निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बनेको बिधेयक मन्त्रिपरिषद बैठकबाट पारित भएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले बिधेयक पारित गरी संसदमा पठाउने निर्णय गरेको हो ।

बैठकले कसैको उपचारमा लापरवाही भएमा सो वापत सम्बन्धित चिकित्सकले नै पीडितलाई क्षतिपूर्ति भराउने गरी कानून निर्माण गर्ने निर्णय गरेको छ ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बनेको विधेयक मन्त्रिपरिषद बैठकबाट पारित भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालको लागि दाङको घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पताललाई तीन सय सैयामा स्तरोन्नति गर्ने निर्णय पनि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment