Comments Add Comment

११ वर्षपछि फरार अभियुक्त पक्राउ

२ असोज, भैरहवा । रुपन्देही प्रहरीले एघार वर्षपछि फरार एक जना अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सम्मरीमाई गाउँपालिका-१ मुडिलाका (साविकको करौता ५) ६२ वर्षीय भोला पासी रहेका छन् ।

०६३ माघ १९ गते रुपन्देहीको सम्मरीमाई गाँउपालीका १ मुडिलाका (साविक करौता ५) खैरुला गद्दीलाई रमावती पासी, भोला पासी र भवई पासी समेतले कर्तव्य ज्यानको घटनाका प्रहरीले पासीलाई पक्राउ गरेको प्रहरीद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

उक्त घटनामा संलग्न रमावती पासीलाई सोही समयमा पक्राउ परी अनुसन्धान पश्चात पुर्पक्षको लागि कारागार चलान गरिएको र अन्य प्रतिवादीहरु फरार रहेको कारण खोजतलास गर्ने क्रममा सम्मरीमाई गाउँपालिको ठोटरी बजारबाट पासीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका पासीलाई जिल्ला अदालत रुपन्देहीमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment