+
+

इलाम र फिक्कलमा सिद्धार्थ बैंकको शाखा

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ४ गते १७:५५

४ असोज, काठमाडौं । सिद्घार्थ बैंकले बुधवार इलामको इलाम बजार र फिक्कलको फिक्कल बजारमा एक विशेष समारोहका बीच आफ्ना शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको छ ।

इलाम शाखाको उद्घाटन डेनिस राजदूत इनग्रीड ड्हाल मेडसन तथा बैंकका अध्यक्ष मनोज कुमार केडियाले संयुक्त रुपमा गरेका छन् । फिक्कल शाखाकोे उद्घाटन बैंकका अध्यक्षले गरेका हुन् ।

बैंकले यी शाखाहरु उन्नती एटुएफ कार्यक्रम अन्तर्गत युएनसीडीएफ सँगको सहकार्यमा स्थापना गरेको हो । बैंकले यी शाखा कार्यालयहरु मार्फत सम्पुर्ण बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराएको छ । यी शाखाहरु मार्फत् बिपन्न वर्गको उत्थानकालागि लघु बैंकिङ सेवा र शाखारहित बैंकिङ सेवालाई विशेष प्राथमिकता दिने बैंकले जनाएकोे छ ।

यस शाखा सहित बैंकले देशभरि रहेका आफ्ना ७७ शाखा, ३ एक्स्टेन्सन काउन्टर ९९ एटिएम, ७० शाखारहित बैंकिङ सेवा र ५०० भन्दा बढी पाउस (पीओएस) मार्फत् ग्राहकहरुलाई उच्चस्तरिय बैंकिंग सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?