Comments Add Comment

सिरहा नगरपालिकामा दाजुले जिते, भाइ पराजित

४ असोज, सिरहा । सिरहाको सिरहा नगरपालिका वडा नम्बर २ मा वडाअध्यक्षको उम्मेदवार रहेका दाजु-भाइमध्ये दाजु विजयी भएका छन् । सिरहा नगरपालिका २ मा दाजु दीपक यादव एमालेबाट र भाइ राकेश यादवले नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका थिए ।

यसमध्ये एमालेका उम्मेदवार दीपक यादव आफ्नै भाइलाई पराजित गर्दै वडा अध्यक्षमा विजयी भएका छन् । दाजु दीपकले ५ सय ७० मत प्राप्त गरी विजयी भए भने भाइ राकेशले ५ सय ४० मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment