Comments Add Comment

नायरमा नयाँ नेतृत्व, पहारी भए अध्यक्ष


५ असोज, काठमाडाैं । नेपाली विद्यार्थीलाई अष्ट्रेलिया अध्ययन गर्न पठाउने एजुकेशन कन्सलटेन्सीहरुको छाता संगठन नायरको अध्यक्षमा नारायणप्रसाद पहारी निर्वाचित भएका छन् ।

मंगलबार नयाँ बानेश्वरको इन्देणी फुडल्याण्डमा भएको विशेष भेलाले पहारीको अध्यक्षतामा नयाँ नेतृत्वको चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा कुमार कार्की चुनिएका छन् । त्यस्तै महासचिवमा विज्ञान श्रेष्ठ चुनिए भने सदस्यहरुमा उद्धब खड्का, अनन्त पौडेल र मनोज पराजुली निर्वाचित भए ।

विगत १५ वर्षदेखि यसै क्षेत्रमा सक्रिय पहरी वैदेशिक अध्ययनका क्षेत्रमा विज्ञता राख्छन् ।

संस्थाको नयाँ कार्यसमितिले आगामी दिनमा नयाँ योजनासहित अघि बढ्ने बताएको छ । नयाँ नेतृत्वले यो क्षेत्रलाई मर्यादित बनाउन विभिन्न प्रयासहरु गर्ने बताएको छ ।

सन् २००७ मा स्थापना भएको नायर अष्ट्रेलियाका लागि काम गर्नेहरुले खोलेको नेपालकै पहिलो संस्था हो । उक्त संस्थाले अष्ट्रेलिया अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुका लागि त्यहाँका विश्वविद्यालयहरुसँग सम्बन्ध बढाउने, विद्यार्थीहरुलाई सहयोग गर्ने, सम्बन्धित राजदूतावासहरुसँग बसेर छलफल गर्ने काम समेत गर्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment