Comments Add Comment

शिवपुरी ज्योतिर्लिङ्ग धामको कार्यसमिति निर्विरोध

५ असोज, कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका ४ मा रहेको धार्मिक पवित्रस्थल शिवपुरी उत्तररामेश्वर ज्योतिर्लिङ्ग धामको सातौं साधारण सभाले पुनः उद्योगी श्याम तायलको अध्यक्षमा १८ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।

वरिष्ठ उपाध्यक्षमा बलदेव प्रसाद भट्ट तथा उपाध्यक्षमा गौरी लामा र दान बहादुर खड्का पनि सर्वसम्मत चयन भएका छन् । त्यस्तै धामका अन्य पदाधिकारीहरुमा महासचिवमा योगेन्द्र बहादुर मल्ल, सचिव सिद्धराज पनेरु, सहसचिव मदन सिंह धामी, कोषाध्यक्ष कर्णबहादुर जप्रेल, सहकोषाध्यक्ष मदनराज जोशी सर्वसम्मत चयन भएका छन् ।

यसैगरि सदस्यहरुमा दानसिंह धामी, यज्ञराज विनाडी, नरेश बहादुर शाह, श्यामराज श्रेष्ठ, धन बहादुर भण्डारी, गिता मल्ल, लक्ष्मी भट्ट, सावित्रि कार्की र रमेश पाण्डेय रहेका छन् ।

कार्यसमितिको कार्यकाल ३ वर्षे हुनेछ ।

वरिपरि जंगलले ढाकिएको शिवपुरी उत्तररामेश्वर ज्योतिर्लिङ्ग धाममा १ सय ८ फिट अग्लो शिवलिङ्ग स्थापना गरिएको छ । यसलाई दक्षिण एसियाकै सबैभन्दा अग्लो शिवलिङ्ग भन्ने गरिन्छ ।

पवित्र धार्मिकस्थल शिवपुरी उत्तररामेश्वर ज्योतिर्लिङ धाममामा नेपाल माताको मूर्ति लगायत अन्य विभिन्न धार्मिक आस्थाका धरोहरहरु पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment