Comments Add Comment

७५० एम्पुल लागुअाैषधसहित दुर्इ जना पक्राउ

५ असोज, काठमाडाैं । नागढुङगा प्रहरीले ७५० एम्पुल लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।

वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ५ ख ७२८६ नं. को यात्रु बसमा चेकजाँचका क्रममा विहीबार पक्राउ गरेको हो ।

उनीहरुको साथबाट डाईजेल्याव २५० एम्पुल, फेनार्गन २५० एम्पुल र नूफिन २५० एम्पुल गरि ७५० एम्पुल लागुऔषध बरामद गरेको छ ।

बसमा उनीहरूले झोलामा कपडाभित्र लुकाएर ल्याइरहेको अवस्थामा लागुऔषध बरामद गरेको हो ।

पक्राउ परेका २ जनालार्इ थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको नागढुंगा प्रहरी प्रभागका इन्चार्ज ऋषिराम घर्तिमगरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment