+
+
Shares

अविरल वर्षाले कैलालीको जनजीवन प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ६ गते १३:१५


६ असोज, कैलाली । विगत दुई दिनदेखि लगातार परेको पानीले कैलालीको जनजीवन प्रभावित भएको छ । आउँदै गरेको विजया दशमीलाई हिले दशैं बनाउने हो की भन्ने चिन्ता समेत बढ्दै गएको छ ।

गत बुधबारदेखि परेको झरीका कारण  दशैंका लागि किनमेल गर्न समेत स्थानीयहरु बाहिर निस्कन सकेका छैनन् ।

जल तथा मौसन विज्ञान फिल्ड कार्यालय अत्तरियाले दिएको जानकारी अनुसार गएको २४ घण्टामा कैलालीलमा १६ मिलिमिटर वर्षा भएको छ ।

फिल्ड कार्यालय अत्तरियाका प्रमुख राममणी मिश्रले बंगालको खाडीबाट शुरु भएको मौसमी हावा नेपालको पूर्वी भाग हुँदै पश्चिम तर्फ गैरहेकाले अझै ४÷५ दिन वर्षा हुन सक्ने बताए । उनले विचमा १÷२ दिन वर्षा रोकिए पनि पुनः शुरु हुन सक्ने जानकारी दिए ।

यसपाली मनसुन ढिलो शुरु भएकाले देशभरि नै दशैंको अवधिमा समेत वर्षा हुन सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?