Comments Add Comment

कांग्रेस कार्यालयभित्र जुवा खेलिरहेका ६ जना पक्राउ

६ असोज, विराटनगर । मोरङ प्रहरीले विराटनगर ९ स्थित कांग्रेसको वडा कार्यालय रहेको घरबाट ६ जना जुवाडेहरुलाई पक्राउ गरेको छ ।

कांग्रेसको वडा कार्यालय भित्र तास खेलिरहेको अवस्थामा उनीहरुलाई शुक्रबार अपरान्ह तीन बजे प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा छापा मार्दा प्रहरीले रंगेहात जुवाडे पक्राउ गरेको भएपनि उनीहरुको नाम र बरामद नगद गोप्य राखेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता विष्णुहरी कोइरालाले जुवाडे पक्राउ गरेपनि आफू कार्यालय बाहिर रहेको भन्दै यसबारे पूर्ण जानकारी नभएको बताए । ‘के रहेछ म बुझेर जानकारी गराउँला,’ भन्दै उनले थप सूचना दिन मानेनन् ।

स्रोतका अनुसार प्रक्राउ परेका जुवाडेहरु कांग्रेस कार्यकर्ता समेत रहेको प्रहरीले गोप्य राख्न खोजेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment