Comments Add Comment

पर्साको पकाहा मैनपुरमा संघीय फोरम विजयी

७ असोज, वीरगञ्ज । पर्साको पकाहा मैनपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा संघीय समाजवादी फोरम विजयी भएको छ ।

संघीय फोरमका अध्यक्षमा विजय कुमार कुशवाह १ हजार ७३५ र उपाध्यक्षमा कुसुमा देवीले १ हजार ९८६ मत ल्याएर विजयी भएका हुन् ।

अध्यक्षमा निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सुरेश प्रसादले १ हजार ५५४ मत पाए ।

उपाध्यक्षमा निकटतम प्रतिद्वन्द्वी नेपाली जनता दल की अदया देवी मेहताले १ हजार २४७ मत पाएको मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment