+
+
Shares

सप्तरीमा एमालेको दोस्रो जित, कन्चनरुपको मेयर बने बसन्त मिश्र

लोकतान्त्रिक फोरमका सांसदकी पत्नी बनिन् कांग्रेसबाट उपमेयर

एसके सान  एसके सान
२०७४ असोज ८ गते १४:२०

८ असोज,राजविराज । सप्तरीको कन्चनरुप नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।

एमालेका पूराना नेता बसन्त मिश्र ५०४२ मत प्राप्त गरी कन्चनरुप नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका ललन गुप्ताले ४२७५ मत प्राप्त गरे ।

उपमेयरमा भने नेपाली कांग्रेसकी निरु पोखरेल बिजयी भएकी छन् । उनले ४७५८ मत प्राप्त गरेर बिजय हासिल गर्दा एमालेक आशरादेवी चौधरीले ४५२२ मत प्राप्त गरेकी छन् ।

उपमेयरमा निर्वाचित पोखरेल फोरम लोकतान्त्रिकका सांसद सुबोधकुमार पोखरेलकी पत्नी हुन् ।

यसअघि एमालेले जिल्लाको सप्तकोशी नगरपालिकामा मेयर र उपमेयर दुबै पदमा जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?