Comments Add Comment

शौचालयको ट्यांकीमा निसास्सिएर ३ जनाको मृत्यु

११ असोज, रौतहट । रौतहटको यमुनामाई गाउँपालिका-१ सुकदेव चोकमा निर्माणाधिन शौचालयको ट्यांकीमा निस्सासीएर तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अजय कुमार बैठा, परोहा नगरपालिका १ का विजय बैठा र देवाही गोनाही नगरपालिका २ लक्ष्मीनियाका नागेश्वर माझी रहेको प्रहरी नायव उपरीक्षक रामकुमार दानीले जानकारी दिए ।

अजय कुमार बैठा आफ्नो घरमा निर्माणाधिन शौचालयको ढलान पछिको काठ हटाउन विजय र नागेश्वरसँग ट्यांकीभित्र छिरेका थिए । ट्यांकी भित्र पसेका विजय बैठा र नागेश्वर माझी धेरैबेरसम्म बाहिर ननिस्किएपछि घरपट्टी अजय बैठा पनि ट्यांकी भित्र पसेका थिए ।

तीनै जनाको ट्यांकी भित्र बेहोस भएको भन्ने हल्ला भएपछि प्रहरीले उद्धार गर्न खोजेको थियो तर ट्यांकी भित्र पसेको प्रहरी नै निस्सासीन थालेपछि डोजरको मद्दतले पर्खाल भत्काएर तीन जनालाई बाहिर निकालिएको थियो ।

उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल गौर ल्याइए पनि चिकित्सकहरुले मृत घोषित गरेका थिए । तिनै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको छ ।

ट्यांकी भित्र पसेका तिनै जनाको अक्सीजनको कमी भएर निस्सासीएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment