Comments Add Comment

सुख्खा पहिरोले तम्घास-रिडी सडक बन्द, यात्रु अलपत्र


११ असोज, गुल्मी । माथिबाट सुख्खा पहिरो झरेपछि गुल्मीको तम्घास-रिडी सडक फेरि बन्द भएको छ ।

ट्राफिक प्रहरीका अनुसार रेसुंगा १३ भंगारीमा बुधबार साँझ पहिरो खसेको हो । गत सोमबार पनि पहिरोका कारण उक्त सडक अवरुद्ध भएको थियो ।

तम्घासबाट रिडी, पाल्पा, बुटवल, काठमाडौंलगायत गन्तव्यमा हिँडेका सवारी साधन र दशैं मनाउन घर जाँदै गरेका यात्री बाटोमै अलपत्र परेका छन् । पहिरो खसिरहेकाले राति सडक खुलाउन सकिने सम्भावना नरहेको वडाध्यक्ष खुमबहादुर खत्रीले जानकारी दिए ।

बिहीबार बिहान डोजर बोलाएर सडक सुचारु गराइने उनले बताए । ‘अप्ठ्यारो ठाउँ भएकाले राति पैदल यात्रा गर्न पनि समस्या छ,’ उनले भने ।

उक्त सडक खण्डभन्दा माथिबाट दुई महिनादेखि जमिन फाट्दै आएको थियो । वर्षदिनअघि गरिएको सडक विस्तारका क्रममा कटिङ नमिलाइएका कारण पहिरोको जोखिम निम्तिएको स्थानीय बासिन्दाको भनाइ छ । ट्राफिक प्रहरीले उज्यालो भएपछि मात्र अगाडि बढ्न यात्री र सवारी साधनलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment