+
+

भैंसी चराउँदै बलिउडमा कसरी छाए राजपाल यादव ?

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज १४ गते ७:००

राजपाल यादव, बलिउडका कमेडी एक्टर । पछिल्लो समय उनैको जगजगी छ । बलिउडमा उनले आज जुन स्थान बनाएका छन्, त्यो चानचुने प्रयासले संभव हुने कुरा होइन । अझ निम्न मध्यम बर्गिय परिवारका सदस्यलाई ।

तर, राजपाल यादव अपवाद हुन् । जसले बलिउडमा आफ्नो स्थान सुरक्षित राख्न सके । जबकी उनी निम्न बर्गिय किसान परिवारका थिए । उनले अन्र्तवार्ताका क्रममा भनेका छन्, ‘म आफ्नो दाजुसँग भैंसी चराउँथें । बुवाले हामी दुईलाई भैंसी चराउने जिम्मेवारी दिएका थिए ।’ भैंसी चराइरहेको बेला दाजु भाई कुस्ती खेल्ने गरेको उनको स्मरण छ ।

आफु गरिब परिवारबाट आएकाले बलिउडमा निकै संघर्ष गर्नुपरेको उनको भनाई छ । अहिले राजपाल राजनीतिमा पनि लागेका छन् । राजनीतिबाट गरिब किसान परिवारको हक अधिकार सुनिश्चित गर्न लागिपर्ने उनको भनाई छ ।

अहिले उनी अभिनित फिल्म ‘जुडवा’ प्रर्दशनमा छ । यो फिल्म डेविड धवनले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?