Comments Add Comment

तिलाठीका देवनारायण बाबुछोरालार्इ अपहरणको मुद्दा

१६ असोज, सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका देवनारायण यादव र उनको छोरा अजयलाई भारतीय प्रहरीले पक्रेर अपहरणको मुद्दा चलाएको छ ।

भारतको सुनौली गएका बेला प्रहरीले अजयलाई पक्रेको थियो । छोरालाई छुटाएन गएका देवनारायणलाई पनि भारतीय प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरु दुबैलाई भारतीय सुरक्षाकर्मीले पक्रेर हतकडी लगाएर राखेको छ । यादव बाबुछोरालाई सुपौल जिल्लाको बीरपुर थानामा राखिएको छ ।

गत वर्ष सीमा अतिक्रमण गर्दै खाँडो खोलामा बाँध बाध्न आएका भारतीयको प्रतिकार गरेका यादवलाई भारतीयले निगरानीमा राख्दै आएको र अहिले झुठो आरोपमा मुद्दा लगाएको स्थानीयको दाबी छ ।

देवनारायणका छोरा अजयले भारतीय युवतीसँग हालै बिहे गरेका छन् । केटी पक्षले अपहरण गरेको भन्दै उजुरी गरेपछि यादव बाबुछोरालाई पक्रेर अनुसन्धान थालेको भारतीय प्रहरीको भनाइ छ । तर तिलाठीका बासीन्दाले भने यसलाई भारतीयको अतिक्रमणको विरोध गर्दै आएका यादवलाई फसाउन खोजिएको षडयन्त्रको रुपमा लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment