+
+

के-के भयो माओवादी सचिवालय बैठकमा ?

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज १७ गते १०:१०

१७ असोज, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ‘सरप्राइज’ दिने नेताका रुपमा चिनिन्छन् ।

सोमबारको सचिवालय बैठकमा पनि उनले यस्तै सरप्राइज दिए, एमालेसँग पार्टीको एकताको प्रस्ताव अगाडि सारेर ।

बैठकको शुरुमा प्रचण्डले सातबुँदे प्रस्ताव प्रस्तुत गरे र त्यसबारे थप व्याख्या पनि । अधिकांश सचिवालय सदस्य उनको प्रस्तावको पक्षमै देखिए । नेता नारायणकाजी श्रेष्ठले त त्यसलाई ‘महान एकता र उपलब्धि’को संज्ञा दिए ।

नेताद्वय देव गुरुङ र रामबहादुर थापा बादलले पनि त्यसको विकल्प नभएको बताए ।

बैठकको शुरुमा अर्का नेता मातृका यादवले दाहालको प्रस्तावविरुद्ध मत राखेका थिए । तर, दाहालको बि्रफिङपछि उनी सहमत देखिए । अर्का नेता प्रभु साहले ‘सूर्य चिन्हमा कसरी चुनाव लड्नु’ भन्दै असन्तुष्टि जनाए तर चर्को विरोध गरेनन् ।

दाहालको प्रस्तावमा तीव्र असहमति राखेका नेता गोपाल किरातीले धुँवाधार विरोध गर्दै बीचमै बैठकस्थल छाडेर निस्किए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?