+
+

शिक्षकको प्रमाण पत्र जाँचको माग राख्दै विद्यार्थी अनसनमा

एस.के. शान एस.के. शान
२०७४ असोज १८ गते १५:३२

१८ असोज, सप्तरी । देशभरिका शिक्षकको शैक्षिक प्रमाण चेकजाँच हुनुपर्ने र नक्कली भेटिए कारबाही हुनुपर्ने माग राखेर सप्तरीका एक बिद्यार्थीले पुनः अनसन सुरु गरेका छन् ।

यसअघि गत असार २४ गतेदेखि एक साता अनसनमा बसेका राजविराजस्थित लालीगुराँस बाल क्लवका अध्यक्ष जिकाउल्लाहले तत्कालिन समयमा भएको सहमति कार्यान्वयन नभएको भन्दै पुनः रिले अनसन सुरु गरेका हुन् ।

राजविराजको गजेन्द्र चोकस्थित गजेन्द्र पार्कमा उनले बुधबारदेखि अनसन सुरु गरेका छन् । अघिल्ला पटकको अनसनमा सप्तरीका तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालसहितका सरोकारबालाले दुई दुई महिनाभित्र माग पूरा गर्ने आश्वासन दिएका थिए । तर, माग पूरा नभएपछि पुनः अनसन बस्नुपरेको उनले बताएका छन् ।

कुनै पनि आन्दोलनमा विद्यालय बन्द नहुने गरी विद्यालयलाई पूर्ण रुपमा शान्ति क्षेत्र घोषणा गर्नुपर्ने, शिक्षकहरुको शैक्षिक प्रमाण पत्र चेकजाँज गर्नुपर्नेसहितका माग राख्दै प्रमुख जिल्ला अधिकारी मार्फत् राष्ट्रपति, प्रधानमन्त्री र शिक्षामन्त्रीलाई बुझाएपनि कसैले सुनुवाई नगरेको उनको गुनासो छ ।

जिकाउल्लाहले समयमा विद्यालय खोल्न लगाउनुका साथै कक्षा नलिने शिक्षकलाई कारबाही गर्नुपर्ने माग पनि राखेका छन् । कक्षा १२ सम्मको रजिष्ट्रेशन र्फम, परीक्षा र्फम र प्रयाक्टिकल र्फम निःशुल्क हुनुपर्ने, एक कक्षा उत्तिर्ण गरी अर्काे कक्षामा जानको लागि पुनः भर्नाको शुल्क लिन बन्द गर्नुपर्ने, हरेक सरकारी विद्यालयमा बैशाख २५ गतेभित्र किताव पुर्‍याउनुपर्ने र समयमै विद्यार्थीहरुलाई किताव दिनुपर्ने माग उनको छ ।

सरकारले शिक्षालाई पहिलो प्राथमिकतामा राखी गुणस्तरीय शिक्षा सबै विद्यार्थीलाई प्रदान गर्नुपर्ने र विद्यालयबाट टाढा रहेको बालबाकिलालाई विद्यालयमा ल्याउन पहल गर्नुपर्ने, विद्यालयमा लगानी गर्ने मात्र नभई पठनपाठनको अवस्थाबारे अनुगमन व्यवस्था भिलाउनुपर्ने र विद्यालयबाट पढाईको अवस्थाबारे जानकारी लिनुपर्ने र कमी कमजोरी भए पहल गर्नुपर्ने, शिक्षामा सुधार गर्नका लागि केन्ऽिय स्तरबाटै नियमित अनुगमन तथा निरीक्षणको व्यवस्था गर्नुपर्ने माग अघि सारेका छन् ।

किताब कम्पनीहरुले निजी विद्यालयहरुमा किताव छाप्न लगाउँदा रकमको चलखेल भइरहेको पाइएको बताउँदै यसको खोजी गरी दोषीलाई कार्वाही गर्नुपर्ने, विद्यालय नभएको ठाउँमा विद्यालय स्थापना गर्नुपर्ने, मदर्साहरुलाई अन्य विद्यालय सरह भौतिक संरचनायुक्त बनाउनुपर्ने, विद्यार्थीहरुको शारीरिक र मानसिक विकासको लागि समय-समयमा बिभिन्न प्रतियोगिताको व्यवस्था मिलाउनुपर्ने, कुनै पनि जातजातिको चाडपर्वको बीचमा कुनै परीक्षा लिन नपाइने र कितावको मनपरी मूल्य बन्द गराउनुपर्ने माग उनले राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?