Comments Add Comment

गृह जिल्ला रूकुम पुगेर यसरी नाचे गृहमन्त्री जनार्दन शर्मा (भिडियोसहित)

१९ असोज, रुकुम । बिहीबार गृह जिल्ला रूकुम पुगेका जनार्दन शर्मा प्रभाकर रूकुमेली जनताहरूहरूसँग छमछमी नाचेर खुसी साटेका छन् ।

रुकुम (पूर्व) जिल्लाको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्न गृह जिल्ला पुगेका प्रभाकर स्थानीयहरूसँगै नाचेपछि माहोल नै रमाइलो बनेको थियो ।

टुक्रिएको रूकुम (पूर्व) जिल्लाको उद्घाटनमा खुसी मनाउन जम्मा भएका स्थानीयहरूसँग गृहमन्त्री शर्मा पनि सँगसँगै नाचेर स्थानीयसँगै खुसी साटेका थिए ।

जिल्लाको उद्घाटनपछि बोल्दै माअोवादी नेता समेत रहेका  गृहमन्त्री शर्माले मुलुकलाई राजनीतिक स्थायित्व दिन, आर्थिक समृद्धि दिन र संविधान कार्यान्वयनलाई अझ सफलतापूर्वक लैजानका लागि माओवादी केन्द्रका अध्यक्ष र  एमालेका अध्यक्षले एकार्काको आवश्यकता महसुस गर्नाका साथै एकार्काको अस्तित्व स्वीकारेको बताएका थिए ।

फरक प्रसंगमा उनले रुकुम (पूर्व) पर्यटकीय हिसाबले निकै महत्व बोकेको जिल्ला र देशकै १० उत्कृष्ट प्रस्तावित शहर पनि रहेकाले यसको विकास गर्न सबैले आआफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने बताए ।

बिहीबार नै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान विभागको कार्यालय उद्घाटन पनि गरिएको छ । अन्य सरकारी कार्यालय पनि छिट्टै स्थापना गरिने बताइएको छ ।

गृहमन्त्री शर्मा नाचेको भिडियो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment