+
+

आर्थिक समाचार: भूकम्पले क्षतिग्रस्त जलविद्युत अझै बनेनन्

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज २० गते ६:००

२० असोज, काठमाडौं । भूकम्प र बाढीले क्षतिग्रस्त सिन्धुपाल्चोकका अधिकांश जलविद्युत आयोजना अझै सञ्चालनमा आउन सकेका छैनन् । लगातार प्राकृतिक अवरोध भइरहेकाले भोटेकोसी तटिय क्षेत्रका जलविद्युत आयोजना तंग्रिन नसकेका हुन् । भूकम्पले जिल्लाभर करिब ७२ मेगावाट क्षमताको आयोजनाको उत्पादन बन्द भएको छ ।
भूकम्पले क्षतिग्रस्त जलविद्युत अझै बनेनलाई कारोबार दैनिकले आज मुख्य समाचार बनाएको छ । दसैंमा एक अर्बको खसीबोकालाई पनि कारोबारले लेखेको छ । वाइवाई प्लान्ट उद्घाटन सर्वियाली राष्ट्रपतिबाटलाई पनि कारोबारले लेखेको छ ।
साढे २६ लाख तलब खाने विदेशी पाइलट हटाइएलाई नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । भूकम्प पीडितलाई सामुहिक जवानीको ऋण सन्दर्भमा राष्ट्रबैंकले नमान्दा कार्यान्वयन अनिश्चितलाई पनि नागरिकले लेखेको छ । एउटै वस्तु ढुवानीमा दुईथरी नियम भन्ने खबर नागरिकमा छापिएको छ ।

हिउँदमा लोडसेडिङ हुनसक्ने सङ्केतलाई गोरखापत्रले मुख्य समाचार बनाएको छ । बाढीपीडितको बीमा भुक्तानी सुरुलाई अभियानले मुख्य समाचार बनाएको छ । गाडी आयातमा नीतिगत सिण्डिकेटलाई पनि अभियानले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?