Comments Add Comment

बरुण, आलिया, आदित्य र सोनाक्षी एउटै चलचित्रमा


निर्देशक अभिषेक वर्मनको निर्देशनमा बन्न लागेको चलचित्रमा बलिउडका नयाँ स्टारहरुको भिड लाग्ने भएको छ । करण जोहरको निर्माणमा बन्न लागेको चलचित्र ‘शिदत्त’मा बरुण धवन र आलिया भट्टको जोडी देखिने भएको छ ।

‘स्टूडेन्ट अफ द इयर, बदि्रनाथ कि दुल्हनिया’ लगायतका चलचित्रमा एकसाथ काम गरेका बरुण र आलिया फेरि एकसाथ पर्दामा देखिन लागेका हुन् । बरुण र आलियाको जोडीलाइ दर्शकले पनि रुचाएका छन् । यो चलचित्र सन् २०१९ को अप्रिल १९ मा रिलिज हुने घोषणा समेत यसका निर्माता करण जोहरले गरेका छन् ।

चलचित्रमा यी दुइ कलाकारको साथमा आदित्य रोय कपुर, सोनाक्षी सिन्हा र संजय दत्तको पनि मुख्य भूमिका रहनेछ । यो बिषयमा चलचित्रको निर्माण कम्पनीले अहिलेसम्म मुख खोलेको छैन । तर, भारतीय मिडियाले भने यी पाँच कलाकार फाइनल भएको खबर सार्वजनिक गरेका छन् । यो मेघा प्रोजेक्टलाइ लिएर निर्माता जोहर उत्साहित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment