Comments Add Comment

कस्ता खुट्टा ? दुनियाभर केवल छन् ५ जोर जुत्ता

यदि तपाइँको खुट्टालाई मिल्ने जुत्ता दुनियाभरमा पाइएनन् भने कस्तो होला ? यो दुनियामा एउटी यस्ती युवती बस्छिन् जो वर्षौँदेखि केवल ५ जोर जुत्ताको भरमा जिवन गुजारिरहेकी छिन् ।

अमेरिकाको वारचेस्टर सहरमा बस्ने एम्मा चाहिलको उमेर १९ वर्षको छ । उनी अक्सफोर्ड ब्रुक्स विश्वविद्यालयकी छात्रा हुन् र उनी ५ फिट ५ इन्च अग्लो छ ।

एम्मा एक अनौठो समस्याबाट गुजि्ररहेकी छिन् । वास्तवमा उनको खुट्टाको साइज १४ नम्बर छ । यो सामान्य महिलाको खुट्टाको साइज भन्दा दोब्बर हो ।

एम्माका अनुसार उनलाई मिल्ने जुत्ता जर्मनीको एक ठाउँमा मात्र पाइन्छन् । उनले केही वर्षअघि उक्त पसलबाट ५ सय डलर बराबरको मूल्यमा पाँच जोर जुत्ता खरीद गरेकी थिइन् । अहिलेसम्म उनले तिनै जुत्ताले काम चलाइरहेकी छिन् ।

एम्माको मात्र होइन, उनका बुवाको खुट्टाको साइज पनि १४ नम्बर छ । जबकी एम्माकी दश वर्षीया बहिनीको खुट्टाको साइज १० छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment