Comments Add Comment

गाई गोठमा एक जना मृत फेला

२२ असोज, विराटनगर । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका-१ स्थित एउटा गाई गोठमा आइतबार बिहान एकजना मृत अवस्थामा फेला परेका छन् ।

स्थानीय पदमलाल आचार्यको ५० वर्षीय छोरा उद्वव आचार्य आफ्नै गाई बस्तु बाँध्ने गोठमा बिहान मृत अवस्थामा फेला परेको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ पठाउनुका साथै आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment