Comments Add Comment

गोपाल खड्कालाई बर्खास्त नगर्न सर्वोच्चको अन्तरिम आदेश

२२ असोज, काठमाडौं । सर्वोच्च अदालतले गोपाल खड्कालाई नेपाल आयल निगमको प्रमुखबाट बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ ।

पुनर्बहालीको माग गर्दै खड्काले दायर गरेको मुद्दामा न्यायाधीश पुरुषोतम भण्डारीको इजलासले आइतबार अन्तरिम आदेश दिएको हो । आदेशको पूर्णपाठ आउन बाँकी छ ।

जग्गा खरिद लगायतका अनियमिततामा मुछिएपछि आयल निगमका कार्यकारी निर्देशक खड्कालाई २ असोजको मन्त्रिपरिषद् बैठकले हटाएको थियो । आयल निगमले पेट्रोलियन भण्डरणका लागि जग्गा खरिद गर्दा अनियमिता भएको ठहर गर्दै संसदीय समितिहरुले कारबाहीका लागि निर्देशन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment