Comments Add Comment

सुकेटार–पाथिभरा सडकः तीन करोड बढी सकियो, अवस्था उस्तै

सडकको स्तरोन्नति नहुँदा बढे दुर्घटना

२३ असोज, ताप्लेजुङ । पाथिभरा दर्शन गर्न जाने यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । सुकेटार– पाथिभरा सडक स्तारोन्नतिको जिम्मा लिएका ठेकेदारको लापरबाही र सरोकारवालाको बेवास्ताका कारण तीर्थयात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका हुन् ।

सडकको अवस्थामा सुधार नहुँदा पछिल्लो समय यो सडकखण्डमा दुर्घटना बढेको छ । सोमबार मात्रै यो सडक खण्डमा जीप दुर्घटना भएको छ ।

एकै सिजनमा लाखौ तीर्थयात्री पुग्ने पाथिभरा मन्दिर जाने सुकेटारदेखि तल्लो फेदीसम्मको दश किलोमिटर बाटोको सुधार नहुँदा तीर्थयात्रु हिलाम्मे सडकमा जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

सडकको स्तरोन्नति गर्न क्षेत्रीय पर्यटक मार्ग घोषणा गरेर सरकारका तर्फबाट काम भइरहे पनि समयमा ठेकेदारले काम नगर्दा र पाथिभरा क्षेत्र विकासका लागि स्थापना भएका समितिहरु उदासीन बन्दा समस्या ज्यूँकात्यू छ ।

सुकेटारसम्म कालोपत्रे सडक पुगे पनि त्यसभन्दा माथिको करिब १० किलोमिटरको सडक कच्ची रहेकाले सवारी चलाउनै जोखिमपुर्ण बन्दै गएको सवारी चालकहरु बताउँछन् ।

३ करोड सकियो, अवस्था उस्तै

सडकको स्तरोन्नतिका लागि विभिन्न समयमा ३ करोड बढी रकम सकिए पनि सडकको अवस्थामा कुनै सुधार आउन सकेको छैन । उत्तर–दक्षिण (ओलाङ्चुङगोला) सडक कार्यालयका अनुसार, सडक मर्मत र स्तरोन्नतिका लागि सडक डिभिजन कार्यालय, इलामबाट ५५ लाख रुपैयाँ खर्च भएको छ भने आर्थिक वर्ष ०६९–०७० मा २५ लाख, ०७०÷०७१ मा २५ लाख, ०७१÷०७२ मा ६७ लाख, ०७२÷७३ अर्थात् चालु आर्थिक वर्षमा १० लाख खर्च भइसकेको छ । ठेक्का पाएका कम्पनीले भने प्रतिस्पर्धामा थोरैमा टेन्डर हाल्नुपर्ने साथै विभिन्न तरिकाबाट कार्यालयका इन्जिनियरलाई बिल पास गराउँदा १० कमिसन माग्ने गरेकाले गुणस्तरीय काम गर्न नसकिएको गुनासो गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment