Comments Add Comment

रविन्द्र मिश्र काठमाडौंमा प्रकाशमानविरुद्ध चुनाव लड्ने

रञ्जु दर्शना रिङ आउट ! ईश्वर पोखरेललाई थापाको चुनौती

२३ असोज, काठमाडौं । विवेकशील साझा पार्टीले आसन्न प्रतिनिधिसभा चुनावमा काठमाडौंका १० मध्ये ६ वटा क्षेत्रमा उम्मेदवारी घोषणा गरेको छ । पार्टीका संयोजक रविन्द्र मिश्र काठमाडौं १ बाट उम्मेदवार बनेका छन् ।

काठमाडौं १ बाट चुनाव लड्न लागेका मिश्रले कांग्रेस नेता प्रकाशमान सिंहको सामना गर्नेछन् । त्यस्तै सहसंयोजक उज्ज्वल थापा काठमाडौं ५ बाट उम्मेवार बन्ने भएका छन् । थापाले एमाले महासचिव ईश्वर पोखरेलको सामना गर्नुपर्नेछ ।

यसअघि काठमाडौं ५ बाट जित्दै आएका कांग्रेस नेता नरहरी आचार्य भने यसपटक सो क्षेत्रबाट उम्मेदवार नबन्ने भएका छन् ।

विवेकशील साझा पार्टीका तर्फबाट काठमाडौंका १० मध्ये ६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणा गरिएको छ।

निर्वाचन क्षेत्र नम्बर ४ मा सुबुना बस्नेत उम्मेद्वार बन्ने भएकी छिन् । त्यस्तै ७ नम्बरमा अनुपा श्रेष्ठ, ८ मा पुकार बम र ९ नम्बर निर्वाचन क्षेत्रमा मिलन पाण्डेलार्इ उम्मेदवार बनाउने विवेकशील साझा पार्टीले घोषणा गरेको छ ।

यसअघि काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार बनेर दोस्रो र तेस्रो स्थान पाएका रञ्जु दर्शना र किशोर थापा भने प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने छैनन् । थापा प्रदेशसभाको उम्मेदवार बन्ने सम्भावना छ । रञ्जु दर्शना भने उमेरका कारण प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा उम्मेदवार बन्न पाउने छैनन् ।

कानुन अनुसार सांसदको उम्मेदवार हुन २५ वर्ष पुगेको हुनुपर्छ । रञ्जु दर्शना २५ वर्ष पुगेकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment