+
+
Shares

आयआर्जन अवसरसहितको बस्ती विकास गरौं : प्रकाशमान सिंह

उनले बस्ती विकास गर्दा सो स्थानको मौसमलाई ध्यान दिएर र स्थानीय मौलिक स्रोतसधानकै प्रयोग गरेर बनाउनुपर्ने पनि बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २२ गते १३:२१

२२ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले अब बस्ती विकास गर्दा त्यहाँ बस्नेहरूका लागि आयआर्जनको वातावरण निर्माण गर्नुपर्नेमा बताएका छन् ।

राष्ट्रिय आवास कम्पनी लिमिटेडको १७औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले बस्ती मात्र बनाएर नहुने भन्दै त्यहाँ बस्नेहरूका लागि आर्थिक अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए ।

‘व्यवस्थित आवास बनाउँदा बनाउनका लागि मात्र बनाएर हुँदैन भन्ने कुरा यो भन्दा अघिको उदाहरणबाट पाठ सिक्नुपर्छ । जग्गा विकास पनि गर्नुछ । न्यूनतम रूपमा मानिसलाई आवश्यक पर्ने आयआर्जन गर्नसक्ने गरी अब बस्ती विकास हुनुपर्छ,’ उपप्रधानमन्त्री सिंहले भने ।

उनले बस्ती विकास गर्दा सो स्थानको मौसमलाई ध्यान दिएर र स्थानीय मौलिक स्रोतसधानकै प्रयोग गरेर बनाउनुपर्ने पनि बताए ।

उपप्रधानमन्त्री सिंहले सरकारले राष्ट्रिय आवपास कम्पनीलाई विशेष महत्त्व दिलाएको पनि बताए ।

सरकारको आगामी आर्थीक वर्षको नीति तथा कार्यक्रममा व्यवस्थित आवास र जग्गा विकासको विषय पर्नुले पनि सरकारले प्राथमिकतामा राखेको भन्दै व्यवस्थित बस्ती विकासमा कम्पनीको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

बस्ती विकास गर्दा समुदायलाई आवश्यक पर्ने विषयहरूमा ध्यान दिँदा राम्रो हुने भन्दे तयसतर्फ ध्यान दिन कम्पनीलाई सुझाव दिए ।

‘जनताको अपेक्षा धेरै छ । कम्पनमिा रहेका कमजोरी हटाएर जनअपेक्षाअनुसार काम गर्नततर्फ ध्यान दिनुहोला,’ उपप्रधानमन्त्री सिंहले भने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?