Comments Add Comment

विराटनगर महानगरपालिकाले मानसिक रोगीको पुनःस्थापनाको पहल थाल्ने

२४ असोज, विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगर क्षेत्रमा रहेका कडा खालका मानसिक रोगीको उचित उपचार र पुनःस्थापनाका लागि पहल थाल्ने भएको छ । सम्वन्धित क्षेत्रका विज्ञहरुको समूह बनाएर उनीहरुले पहिचान गरेको आधारमा महानगरले कडा खालका मानसिक रोगीको उचित उपचार र पुनःस्थापनाका लागि पहल थाल्ने भएको हो ।

मेयर भिम पराजुलीले नगर क्षेत्रमा रहेका कडा खालका मानसिक रोगीको उपचारका लागि कोशी अञ्चल अस्पतालमा उपचारका व्यवस्था मिलाइने र उनीहरुको पुनःस्थापनाका लागि विभिन्न साझेदारी संघ संस्थाको सहयोगमा काम गरिने जानकारी दिए ।

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा विराटनगरमा आज आयोजना गरिएको मानसिक स्वास्थ्य विषयक अन्तरक्रिया कार्यक्रममा मेयर पराजुलीले मानसिक रोगीहरुलाई उचित ब्यवस्थापन र सामाजिक सुरक्षा प्रदान गर्न पनि महानगरपालिका तयार गरेको प्रतिवद्धता व्यक्त गरे । उनले केही दिन भित्रै आवश्यक योजना बनाएर कडा खालका मानसिक रोगीको उचित उपचार र पुनःस्थापनाका लागि अगाडि बढ्ने मेयर पराजुलीको भनाइ थियो ।

उनले यसै वर्षदेखि महानगरले वौद्धिक अपाङ्गता भएका ब्यक्तिको उपचारको लागि आवश्यक बजेट छुट्याइएको र कडा खालको मानसिक रोगीको उपचारका लागि पनि आवश्यक बजेटको व्यवस्थापन महानगरले गर्ने जानकारी दिए ।

कार्यक्रममा साइकोथेरापिस्ट डा. अर्चना पोखरेलले मानसिक रोगीको उपचार सम्भव भएकाले समयमै उपचार गर्न सचेतना जगाउनुपर्ने बताइन् । नेपालमा प्रत्येक तीन जनामा १ जना मानसिक रोगी हुने गरेको तर एक लाखमा चिकित्सक १ जना पनि नभएको र अस्पतालमा शय्या समेत पर्याप्त नहुने गरेको उनको भनाइ छ ।

कार्यक्रममा मानसिक रोगीको उपचार गर्ने पाटन अस्पतालमा पनि राम्रो सेवा नहुने भन्दै अब हरेक प्रदेशमा बजेट विनियोजन गर्दै मानसिक रोग उपचार गर्ने अस्पताल र पुनःस्थापना केन्द्र निर्माण गर्न सहभागीहरुले आग्रह गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरका निर्देशक झंकर रावल, इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापा, अधिकारकर्मी मञ्जीता उपाध्याय लगायतले स्थानीय तहमा मानसिक रोगीको उपचार र पुनःस्थापनाका लागि सबै सरोकारवाला एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा विराटनगर क्षेत्रमा करिब एक दर्जन कडा खालका मानसिक रोगी रहेको जानकारी गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment