Comments Add Comment

माओवादी केन्द्र गुल्मीले छान्यो उमेदवार

२४ असोज, गुल्मी । माओवादी केन्द्र गुल्मीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उमेदरवार छनौट गरेको छ । पार्टीको ५ नम्वर प्रदेश कार्यालयले उमेदवार टुंगो लगाएर गुल्मी जिल्ला पार्टी कार्यालयलाई पठाएको जिल्ला संयोजक विरबहादुर कार्की (चाहल)ले जानकारी दिए ।

क्षेत्र नतोकिए पनि प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष तर्फ केन्द्रीय सदस्य बुद्धिबहादुर जिसीलाई प्रस्ताव गरिएको छ । प्रतिनिधि सभा समानुपातिक उमेदवारमा सिर्जना तरामु र जिल्ला संयोजक विरबहादुर कार्कीलाई सिफारिस गरिएको छ ।

प्रदेशसभा क्षेत्र नम्बर नम्वर १ मा प्रत्यक्षतर्फ पूर्व सांसद तथा पोलिटव्युरो सदस्य सुदर्शन बराल सिफारिसमा परेका छन् । यसैगरी समानुपातिक सदस्य उमेदवारहरुमा चित्रबहादुर केसी, सुमित्रा क्षेत्री, तेजेन्द्र सलामी मगर र दुर्गाप्रसाद ढकाललाई प्रस्ताव गरिएको छ ।

प्रदेश सभा क्षेत्र नम्बर २ को प्रत्यक्ष तर्फ क्रमशः लोकनाथ पाण्डे र रामचन्द्र कँडेल प्रदेश सभा सदस्यको उमेदवारमा छनोट भएका छन् ।
प्रदेशको समानुपातिक सभासद उमेदवारमा क्रमशः गीता थापा, शेरबहादुर सर्तुङ्गे, मनिराम ज्ञवाली र सुनिता ठडराई रहेका छन् ।

प्रदेशसभा क्षेत्र नम्बर ३ मा प्रत्यक्ष तर्फ खुमबहादुर थापा र भुवन केसी छनोट भएका छन् । त्यस प्रदेशको समानुपातिक सभासद उमेदवारमा क्रमशः राधिका खरेल, भुवन सुनार, धर्म बिक र तिलक महत परेका छन् ।

प्रदेशसभा क्षेत्र नम्बर ४ मा प्रत्यक्ष तर्फ पार्टीका जिल्ला ईञ्चार्ज तथा पोलिटव्युरो सदस्य दिनेश पन्थी र केन्द्रीय सदस्य रिज्जु श्रेष्ठ छनोट भएका छन् । सो प्रदेशको समानुपातिक सदस्यको उमेदवार क्रमशः निमबहादुर पाण्डे, उषा बुढामगर, विनिता पोखरेल र सुर्य बुढा मगर छनोट भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment