Comments Add Comment

सर्वोच्चमा तीन न्यायाधीश नियुक्त

नवनियुक्त न्यायाधीशहरुलाई पद तथा गोपनियताको सपथ खुवाउँदै प्रधान्यायाधीश गोपाल प्रसाद पराजुली । तस्वीर: राष्ट्रपतिको कार्यालय

२४ असोज, काठमाडौं । सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बमबहादुर भण्डारी, डम्बरबहादुर शाही र टंकबहादुर मोक्तान नियुक्त भएका हुन् ।

भण्डारी उच्च अदालत तुलसीपुरमा, शाही उच्च अदालत सुर्खेतमा र मोक्तान उच्च अदालत पाटनमा मुख्य न्यायायाधीश थिए ।

उनीहरुलाई राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीले नवनियुक्त न्यायाधीशहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका छन् ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाको समेत सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment