Comments Add Comment

जिप दुर्घटनामा दुई जना घाइते

२५ असोज, जाजरकोट । त्रिवेणी नलगाड-८ वगारामा रा १ ज ४२७ नम्बरको जिप पल्टिदा दुई जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका वडा-८ मन्मैका टीकाराम केसी र सहायक चालक रामबहादुर विकको रुकुमको राडीमा रहेको श्रीनगर मेडिकलमा उपचार भइरहेको स्थानीय शिक्षक वीरबहादुर खत्रीले जानकारी दिए ।

जिपमा यात्रु झुण्डिएकोले भार थाम्न नसक्नुका साथै अनुभव नभएका सहायक चालकले चलाउँदा पल्टिएको स्थानीयवासीले बताएका छन् ।

प्रहरी चौकी मैदेबाट प्रहरीको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान जारी राखेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी  दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment