Comments Add Comment

सप्तकोशीमा नेपाली प्राविधिकले बनाएको जेटबोटको परीक्षण

१७ चैत, विराटनगर । सप्तकोशी नदीमा नेपाली प्राविधिकहरुले बनाएको पहिलो जेटबोटको सफल परीक्षण गरिएको छ ।

दुई नेपाली प्राविधिकले तयार पारेको जेटबोट शनिबार सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्ट प्रालिले सप्तकोशी नदीमा परीक्षण गरेको हो ।

माउण्ट ८८४८ मिटर नाम दिइएको जेटबोट सप्तकोशीमा करिब आधा घण्टा सञ्चालन गरिएको कम्पनीले दाबी गरेको छ ।

डेढ करोड लागतमा नेपाली इञ्जिनियरको डिजाइनमा सोे जेटबोट पहिलोपटक बनाइएको हो ।

सप्तकोशीमा हाल ३ वटा कम्पनीका ४ वटा जेटबोट सञ्चालनमा छन् । पहिलोपटक स्वदेशमै निर्माण गरिएको जेटबोट पनि थपिएको छ ।

सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्ट प्रालिका सञ्चालक राजेन्द्र कार्की नेपाली प्राविधिकले तयार पारेको जेट बोटको सफल परीक्षण गरिएको बताउँछन् । स्वदेशी श्रम र सिपमा तयार जेटबोटले स्वदेशी पैसा विदेश जानबाट रोक्न भूमिका खेल्ने उनले बताए ।

कार्कीका अनुसार, ३० सिटे जेटबोट निर्माणको नेतृत्व इञ्जिनियर सुमन खत्री र लेखराज रिजालले गरेका हुन् । जेटबोटका नक्सांकन भने फाइनआर्टका कलाकार सुरेश चौधरीले गरेका थिए । सुन्दररहैचाको जयलक्ष्मी फाइबर उद्योग र विराटनगरको जिडिएस फाइबर वल्डसँगको सहकार्यमा जेटबोट निर्माण भएको हो ।

स्वदेशमा नै निर्माण गरिएको जेटबोटमा आवश्यक जेट र इञ्जिन भने नेपालमा नबन्ने भएकाले युरोपबाट ल्याइएको थियो । यसबाहेक अन्य आवश्यक संरचना भने यहीँ तयार पारिएको सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्ट प्रालिले जनाएको छ । जेटबोट निर्माणका लागि डेढ करोड रुपैयाँ लागेको छ

सप्तकोशी नदीमा चतरादेखि त्रिवेणीघाटसम्म अहिले जलयात्रा सञ्चालनमा छ । जल यात्राका लागि विभिन्न ३ वटा कम्पनीका ४ वटा जेटबोट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment