Comments Add Comment

अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा नियोगको विधान अनुमोदन

२५ असोज, काठमाडौं । व्यवस्थापिका संसदले ‘अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा नियोगको विधान’लाई सर्वसम्मतिले अनुमोदन गरेको छ । व्यवस्थापिका संसदको बुधबार बसेको बैठकले ‘अन्तराष्ट्रिय नवीकरणीय ऊर्जा नियोगको विधान’ लाई सर्वसम्मतिले अनुमोदन गरेको हो ।

बैठकमा जनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरीले विधान अनुमोदन गरियोस् भनी प्रेश गर्नु भएको प्रस्तावलाई सभामुख ओनसरी घर्तीले निर्णयार्थ पेश गरेकी थिइन् । सोही प्रस्ताव सर्वसम्मतिले अनुमोदन गरिएको हो ।

यसअघि सो विधानको सैद्दान्तिक छलफलमाथि भाग लिँदै नेपाल मजदुर किसान पार्टीका सांसदद्वय प्रेम सुवाल र दिल्लीप्रसाद काफ्लेले विज्ञान र प्रविधिको आजको युगमा नवीकरणीय उर्जा आवश्यक भएको धारणा राखेको थिए ।

‘अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा नियोगको विधान’ अनुमोदन भएसँगै नेपाललाई सो सम्बन्धी ज्ञान, सीप र अध्ययन, अनुसन्धान गर्न अन्तराष्ट्रिय स्तरबाटै सहयोग पुग्नेछ ।

यसैगरी संसद बैठकले ‘भाषा आयोगको विधेयक, २०७३’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई पनि स्विकृत गरेको छ ।

बैठकमा महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिकी सभापति रञ्जुकुमारी झाको तर्फबाट समिति सदस्य आनन्दी पन्तले ‘राजर्षीजनक विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७४’ संसदमा पेश गरेकी थिइन् । संसदको अर्को बैठक विहिबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment