Comments Add Comment

चिलिमेले ढिलो गरेर सच्यायो बुक क्लोज मिति


२७ असोज, काठमाडौं । चिलिमे जलविद्युतले घोषणा गरेको २५ प्रतिशतको लाभांश प्राप्त गर्न सेयर किन्न चहानेले अझै केही समय पाएको छ ।

चिलिमेले पुरानो बुक क्लोज मिति सच्याएर कात्तिक ६ गतेदेखि हुने गरि नयाँ मिति सार्वजनिक गरेको छ । यसको अर्थ कात्तिक ५ गतेसम्म सेयर स्वामित्व हुनेले अब कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्नेछ । तर, कम्पनीले यो मिति सारिएको जानकारी समेत ढिला दिएको छ ।
यसअघिको बुक क्लोज असोज २७ गते अनुसार विहीवार लगानीकर्ताले सेयर किन्दा लाभांश पाउने अन्तिम दिन रहेको थियो । यही आधारमा कम्पनीको सेयरमा विहीवार उच्च आकर्षण देखिएको थियो भने ७ करोड २० लाखको सेयर किनबेच भएको थियो । विहीवार कम्पनीको सेयर मूल्य भने प्रतिकित्ता १० रुपैयाँसम्म घटेको थियो ।

बुक क्लोजको मिति सात दिन अगावै सार्वजनिक गनुपर्ने नीति विपरत कम्पनीले छोटो अवधि दिएर मिति सार्वजनिक गरेको भन्दै लगानीकर्ताहरुले विरोध गरेपछि कम्पनीले नयाँ मिति तय गरेको हो ।

मूल्य प्रभावित हुने यस्ता सूचनामा कम्पनीहरुले पटक पटक गल्ति गर्दा लगानीकर्ताले मारमा पर्ने गरेका छन् । लाभांशको कारण विहीवारको कारोबारमा कम्पनीको सेयर मूल्य उच्च वृद्धि भएको भए र आइतवारबाट घट्न थालेको भए पछि बजारमा सेयर किन्नेको तुलनामा विहीवार किन्नेलाई फाइदा पुग्ने थियो । पछि सेयर किन्नेले लाभांश पनि पाउने र सेयर मूल्य पनि कम तिरे हुने अवस्था आउने थियो ।

कम्पनीले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक २४ को साधारण सभाले पारित गरेपछि यो लभांश लगानीकर्ताले पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment