Comments Add Comment

बर्दिवासमा गाँजासहित तीन जना पक्राउ

फाइल तस्वीर

२९ असोज, महोत्तरी । बर्दिवास नगरपालिकाबाट अाइतबार बिहान ठूलो परिमाणमा गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बर्दिवासको टोलिले पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिवास-५ बाट  जलेश्वर तर्फ जाँदै गरेको ना.६.ख ५४३४ नम्बरको यात्रुबसबाट ठूलो परिमाणमा गाँजा बरामद भएको हो ।

बरामद गाँजाको सम्बन्धमा अनुसन्धान  भैरहेको ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी उपरीक्षक प्रविण पोखरेलले जानकारी दिए ।

बरामद गाँजा हेटौंडाको मनहरी हुँदै महोत्तरीको नाका हुँदै भारत तर्फ निकासी हुन लागेको प्रहरीले बताएको छ । प्रहरीले यात्रुबस नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । पक्राउ परेकाहरुको नाम सार्वजनिक गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment