Comments Add Comment

एसबीआई लाइफको ८४ अर्ब भारुको सेयर आउदै, भारतमा सात वर्षपछि खर्ब माथिको आइपीओ


२९ असोज, काठमाडौं । भारतमा खर्ब रुपैयाँ माथीको प्राथमिक सेयर निष्काशन हुने भएको छ ।

भारतको एसबीआई र बीएनपी परिवास कारडिफबीचको संयुक्त लगानीमा आउन लागेको एसबीआई लाइफ इन्स्योरेन्सले ८४ अर्ब भारु (१ खर्ब ३४ अर्ब रुपैयाँ) बराबरको सेयर जारी गर्ने भएको हो ।

कम्पनीको सेयर आगामी साता जारी हुने भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । कम्पनीले प्रतिकित्ता ६ सय ८५ देखि ७ सय रुपैयाँसम्ममा सेयर बिक्री गर्ने भएको हो ।

एशियाको प्रमूख तेस्रो अर्थतन्त्र भएको भारतमा सेयर बजारमा भइरहेको वृछिले सेयर जारी गर्ने क्रममा पनि वृद्धि भइरहेको छ ।  ७ वर्षयताकै ठुलो परिमाणमा सेयर निष्कासन हुन लागेको रोयर्टसले उल्लेख गरेको छ । सन् २०१० मा भारतमा कोल इण्डियाले १ खर्ब ५५ अर्ब भारु ( २ खर्ब ४० अर्ब रुपैयाँ ) बराबरको सेयर निष्कासन गरेको समाचारमा उल्लेख छ ।

एसबीआई लाइफमा रहेको ८ प्रतिशत हिस्सा एसबीआईले बिक्री गर्ने र बीएनपीले आफ्नो ४ प्रतिशत स्वामित्व बिक्री गर्ने भएको हो । हाल एसबीआइ लाइफमा एसबीआईको ७० प्रतिशत र बीएनपीको २६ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment