Comments Add Comment

सप्तरीमा कांग्रेस-एमालेका उम्मेदवारः जितेकादेखि हारेकासम्म प्रत्यासी

२९ असोज, सप्तरी । आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सप्तरीमा उम्मेदवार सिफारिस धमाधम भइरहेको छ । मुख्य दल कांग्रेस र एमालेले उम्मेदवार सिफारिस गरी अनुमोदनका लागि केन्द्रमा पठाएका छन् । एउटा क्षेत्रबाट तीन जनासम्म उम्मेदवारको नाम सिफारिस गरिएको छ ।

सिफारिस भएकामध्ये कतिपय दोस्रो संविधानसभा निर्वाचनमा निर्वाचित भएका छन् । दोस्रो संविधानसभाको निर्वाचनमा पराजित भएकाहरुलाई पनि पार्टीहरुले प्राथमिकताका साथ सिफारिस गरेका छन् ।

कांग्रेसबाट सप्तरी क्षेत्र नम्बर ५ मा निर्वाचित भएका तेजुलाल चौधरी पुनः उम्मेदवारका लागि सिफारिसमा परेका छन् । उनी अहिले क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका लागि छनौट भएका हुन् ।

एमालेले दोस्रो संविधानसभामा क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका सांसद ताराकान्त चौधरीलाई प्रतिनिधिसभाका लागि उम्मेदबार सिफारिस गरेको छ । समानुपातिक सांसद रन्जु ठाकुरलाई पनि एमालेले क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस गरेको छ ।

एमालेले पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट पराजित भएका केन्द्रीय सदस्य सुमनराज प्याकुरेललाई पुनः उम्मेदवार बनाउन सिफारिस गरेको छ ।

कुन पार्टीबाट को-को ?

सप्तरीमा ४ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ८ वटा प्रदेश सभा निर्वाचन क्षेत्र छन् । एमालेले प्रत्यक्षतर्फ प्रतिनिधि सभा निर्वाचनका लागि क्षेत्र नं. १ वाट सुमनराज प्याकुरेल, २ वाट नथुनी दास र रञ्जु झा, ३ बाट ताराकान्त चौधरी तथा ४ वाट आदिवासी मुलवासी पार्टीका मो. ईस्लामको नाम सिफारिस गरेको छ ।

इस्लाम र एमालेबीच केहि दिनअघि सूर्य चिन्हमा चुनाव लड्ने सहमति भएको थियो । इस्लाम यसअघि दोस्रो संविधानसभा निर्वाचनमा तत्कालिन दलित जनजाती पार्टीबाट चुनाव लडेर पराजित भएका थिए । उनी हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा बोदेबर्साइन नगरपालिकाबाट प्रमुखमा समेत चुनाव लडेका थिए ।

एमालेले प्रदेश सभाका लागि प्रत्यक्षतर्फ १ को (क) बाट सत्यनारायण मण्डल, प्रकाश खतिवडा र फुदनीदेवी सदा, (ख) बाट लक्ष्मण मण्डल, खोजेदा खातुन, २ (क) बाट वन्दना मिश्र, सुरेषकुमार सिंह, सुगियादेवी सिंह, (ख) बाट परमानन्द मेहता, सुर्यनारायण यादव र अनुरागीदेवी मण्डललाई सिफारिस गरेको छ ।

यसैगरी क्षेत्रनम्बर ३ (क) बाट महेशप्रसाद चौधरी र ३ (ख) बाट मो. अब्दुल मजिद साकिर तथा ४-क) बाट गोविन्द न्यौपाने र रामनारायण चौधरीको नाम सिफारिस भएको छ । यस्तै ४ (ख) बाट उम्मेदवारको नाम टुंगो नलागेको र समानुपातिकतर्फ प्रतिनिधि सभाका लागि १५ र प्रदेश सभाका लागि ८० जनाको नाम सिफारिस गरिएको एमालेले जनाएको छ ।

नेपाली कांग्रेस सप्तरीले प्रतिनिधिसभाका लागि क्षेत्र नं. १ बाट हेमनारायण चौधरी, रामदेव साह, महेन्द्रप्रसाद यादव, २ बाट डा. अनिल झा, सकलदेव सुतिहार, रञ्जित कर्ण, रामकुमार यादव र नीलम कर्ण, क्षेत्र नम्बर ३ बाट जिल्ला सभापति दिनेशकुमार यादव, ४ बाट तेजुलाल चौधरी, फतेमोहम्मद र सुरेन्द्रप्रसाद यादवको नाम सिफारिस गरेको छ ।

यस्तै प्रदेशसभा क्षेत्र नम्बर १ को (क) बाट रघुकुमार सिंह थारु, चन्देश्वर चौधरी, युगेश्वरप्रसाद यादव, उमेशकुमार बस्नेत र शेषनारायण श्रेष्ठ तथा (ख) बाट बद्रीनारायण महत्मान यादव, उमेशकुमार मिश्र र हेमन्त जैन, २ को (क) बाट महानन्द यादव, कृष्णदेव दास, महेन्द्र यादव, तारा मिश्र, श्याम खड्गी र मोहम्मद इशाद तथा २ को (ख) बाट सनत मण्डल, राधेश्याम यादव, अरुणकुमार मण्डल र मालती देवीको नाम सिफारिस गरेको कांग्रेसले जनाएको छ ।

प्रदेशसभा क्षेत्र नम्बर ३ को (क) बाट भगवतीप्रसाद यादव, गीताकुमारी यादव र सुरेन्द्रप्रसाद यादव, ३ को (ख) बाट रामप्रसाद मण्डल, मोहम्मद समित र सबुरलाल साह, ४ को (क) बाट मोहम्मद उलफत, सीताराम साह, सुजन चौधरी, गीता चौधरी, रामकुमार न्यौपाने, दयानारायण चौधरी र जयनारायण चौधरी तथा ४ को (ख) बाट रामुप्रसाद यादव, रामबल्लभ साह, राजाराम झा र शान्तिकुमारी साहको नाम सिफारिस भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment