Comments Add Comment

दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु

२९ असोज, दार्चुला । दार्चुलामा भीरबाट लडेर एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

घाँस काट्ने क्रममा भीरबाट लडेर मार्मा गाउँपालिका वडा नम्बर ५ का ५५ वर्षीया नर्मा धामीको मृत्यु भएको हो ।

आइतबार विहान घाँस काट्न गएका धामी भीरबाट लडेर ज्यान गएको पारिवारिक श्रोतले जनाएको छ । मृतक धामीको श्रीमान २ छोरा र २ छोरी छन् ।

दार्चुलाका ग्रामीण क्षेत्रमा घाँस काट्ने क्रममा वर्षेनि महिलाहरुको अकालमै ज्यान जाने गरेको छ ।

पशुपालन गर्ने ग्रामीण क्षेत्रका किसानहरुका लागि आधुनिक चारो व्यवस्थापन गर्न सकिनु तथा चरन क्षेत्र व्यवस्थापन गर्न नसक्दा यस्ता घटनाहरु हुने गरेका छन् ।

यस्ता कहाली लाग्दा घटनाहरुले ग्रामीण क्षेत्रका कतिपय किसानहरु पशुपालन व्यवसायबाट निरुत्साहित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment