Comments Add Comment

कार्ल्सबर्ग गल्फ सिरिज् २०१७ को दोस्रो सिरिजको उत्कृष्ट सुरुवात


२९ असोज, काठमाडौं । कार्ल्सबर्ग गल्फ सिरिज् २०१७ अर्थात् देशको सबैभन्दा प्रतिष्ठित गल्फिङ इभेन्टको दोस्रो सिरिज्को सुरुवात हिजो भव्य रुपमा भयो । ३ वटा सिरिज्को यस प्रतियोगितामा देशका प्रमुख उदयमान गल्फरहरुको कडा प्रतिस्पर्धा देखिँदैछ ।

३ वटा सिरिज् मध्येको दोस्रो सिरिज्को सुरुवात हिजो भएको थियो भने पहिलो प्रतियोगिता २०७४ वैशाख २३ गतेमा भएको थियो र अन्तिम प्रतियोगिता आगामी केहि महिनामा हुनेछ । आफ्नो होम क्लबहरुको भ्यालिड हृयाण्डीक्याप भएका देशभरिका उदयमान-गल्फरहरुलाई पनि यस इभेन्टमा सुनौलो मौका दिइएको छ । यो सिरिज् ३/४ हृयाण्डीक्यापका साथ स्टेबेलफोर्ड फम्र्याटमा खेलिएको छ ।

प्रत्येक इभेन्टबाट उत्कृष्ट १० नेट स्कोर गर्ने खेलाडिहरु र उत्कृष्ट ५ ग्रस स्कोर गर्ने खेलाडीहरुले अंक प्राप्त गर्नेछन् र तीन वटा इभेन्ट पछि ग्रस अनि नेट विधामा जुन खेलाडिले सबैभन्दा धेरै अंक प्राप्त गर्छन् सोहीलाई काल्र्सबर्ग गल्फ सिरिज् ग्रस र नेट च्याम्पियन घोषित गरिन्छ । यसै गरी प्रत्येक एडिशनका नेट विजेता, नेट उप-विजेता, ग्रस विजेता, ग्रस उप- विजेता, महिला तर्फका विजेता, सिनियर विजेता, सिनियर उप-विजेता, लङ्गेष्ट ड्राइभ, क्लोजेष्ट टु द पिन र मोष्ट बर्डिज्हरुलाई पुरस्कार वितरण गरिनेछ ।

गोर्खा बु्रअरीका उप-प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले भने, ‘सन् १९९० देखि नेपालमा गल्फ खेलको गौरवशाली प्रायोजक रहेको काल्र्सबर्गले प्रतिभाशाली उदयमान गल्फरहरुलाई अघि आएर आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्दै काल्र्सबर्ग गल्फ सिरिज्ले साँच्चै नै लामो बाटो तय गरेको छ । फेरि एक पटक यो पि्रमियम गल्फ इभेन्टको आयोजन गर्न पाउँदा हामी गौरवान्वित छौं । यसका साथै हामी हाम्रो पार्टनर गोकर्ण फरेष्ट रिसर्टलाई पनि यो प्रतियोगितालाई सफल बनाउन निरन्तर साथ दिएकोमा धन्यवाद दिन चाहन्छौं ।’

गोर्खा बु्रअरीका बजार निर्देशक वैभव शर्माले आफ्नो उत्साह बाँड्दै भने, ” काल्र्सबर्गले गत वैशाख महिनामा गल्फिङ सिजन उत्कृष्ट सुरुवात गरेको थियो र हामी यो दास्रो सिजन र आगामी केहि महिनामा अन्तिम सिजन ल्याउन कुराले ज्यादै उत्साहित भएका छौं ।”

दीपक आचार्य, गोकर्ण फरेष्ट रिजर्टका प्रमुख गल्फ निर्देशकका अनुसार, “काल्र्सबर्ग गल्फ सिरिज् उदयमान गल्फरहरुका लागि प्रतिस्पर्धात्मक गल्फ खेल्न एक उत्कृष्ट मञ्च हो । गोकर्ण रिजर्टको तर्फबाट म काल्र्सबर्गलाई गल्फमा निरन्तर सहयोग गरिरहेकोमा हार्दिक धन्यवाद दिन चाहन्छु । यस्तो प्रायोजनले नेपालमा गल्फको उत्थान तथा विकासमा पक्कै पनि मद्दत मिल्ने छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment