Comments Add Comment

बलिउडमा एक्लिदै कंगना, पार्टीहरुमा पनि बोलाइन छाडिन्

ऋतिक रोशनसँगको विवादलाई लिएर अभिनेत्री कंगना रनावत बलिउडमा एक्लिदै जान थालेकी छिन् । उनलाई फिल्मी पार्टीहरुमा निकै कम बोलाइन्छ । जहाँ उनी जान्छिन्, त्यहाँ अन्य सेलिबि्रटीहरु उनीसँग तर्किन्छन् ।

कंगनाले बलिउडमा स्टारडमको उचाई छोइन् तर ऋतिक रोशनलाई अनावश्यक टर्चर दिनु उनको लागि प्रत्यूत्पादक बन्यो । बलिउडमा दिवाली पार्टीको मौसम सुरु भएको छ तर, बढिजसा पार्टीमा कंगना देखिन्न् । कतै कतै उनी गइन् भने पनि अन्य ठूला सेलिबि्रटीहरुले उनलाई बेवास्ता गर्छन् ।

कंगनाले लगाएको आरोपलाई लिएर लामो मौनतापछि केही दिनअघि ऋतिकले मुख खोलेका थिए । त्यस लगत्तै फरहान अख्तर र टि्वंकल खन्ना जस्ता सेलिबि्रटीरुले उनको पक्षमा अभिव्यक्ति दिए । सैफ अली खानका विरुद्ध कंगनाले खुलापत्र लेखेर पहिले नै सम्वन्ध विगारेकी थिइन् । जबकि उनी यसअघि सैफ-करिनाको घरको पार्टीहरुमा पनि निम्त्याइन्थिन् ।

शहिद कपूरसँग उनको मतभेद सबैएलाई थाहै छ । यसैगरी करण जौहरसँग परिवारवादको मुद्दालाई लिएर कंगना विवादमा उत्रेकी थिइन् । ऋतिकलाई लेखेको कंगनाको कथित इमेलमा रणबीर कपूर, दीपिका पादुकोण र सलमान खानको नाम पनि उनीहरुलाई बदनाम गर्ने हिसाबले आए ।

मुम्बईमा अघिल्लो सप्ताहान्तमा आयोजित अम्बानी परिवारको पार्टीमा कंगना र करण आसपास उभिएर नीता अम्बानीलाई हेलो भन्न प्रतिक्षारत थिए । जब नीता उनीहरुसँग भेट्न आइन् करणले उनीसँग कुरा गरुञ्जेल कंगना टाढै बसिन् । करणले कंगनालाई पूर्णरुपमा नजरअन्दाज गरे । सूत्रका अनुसार पार्टीमा रणवीर कपुर पनि थिए । उनले पनि कंगनालाई वेवास्ता गरे । कंगना भने कम चर्चित सेलिबि्रटीहरुसँग जबरजस्ति घुलमिल हुन वाध्य भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment