+
+

डीसीमा कलिवुड नाइट,दिलिप, झरना, जीवन र राज बल्लवको धमाका  

विजय थापा विजय थापा
२०७४ असोज ३० गते ११:५४

१६ अटोबर, न्यूयोर्क । गत अक्टोबर १४ तारिख नेपालका राष्ट्रिय कलाकार सहितको ‘कलिवुड नाइट २०१७’ कार्यक्रम मनोरञ्जन तथा सफलतापूर्वक सम्पन्न भएको छ ।

बिशेष गरी कार्यक्रममा भाषण, प्रमाणपत्र वितरण तथा खादा नओढाउने घोषणा गरे अनुसार कार्यक्रम सुनमा सुगन्धित रहन पुग्यो l

कार्यक्रमको बिशेष आकर्षण र महिनौ अगाडिदेखि पूर्व अभ्यासमा बिशेष ध्यान दिइएको महा-आमा (सुपर मम)को प्रस्तुति बेजोड रहेको थियो ।

एकै प्रकारको फरियामा महिला कलाकारहरुको प्रस्तुति उत्कृष्ट रहेकोले पुन: प्रस्तुति गर्न समेत दर्शकले माग गर्दै कर्तल ध्वनिले सम्मान गरेका थिए ।

कार्यक्रमको प्रारम्भमा अमेरिमा जन्मेका किशोरीहरुको तिहारको भैलिनी गीत, मखमली चोली चाहिदैन सहितको धुनमा गरिएको नृत्य बेजोड रहेको थियो ।

यसै गरी कार्यक्रममा २ सय भन्दा ज्यादा चलचित्र अभिनय गरिसकेका नृत्य गर्न सिपालु र नायक दिलिप रायमाझी र कलाकार सुनिक्षा मैनाली को कुटुमा कुटु सुपारी दाना उत्कृष्ट प्रस्तुति रहेको थियो ।

नायिका झरना थापाले मलाई छम छम नाच्न मन लाग्यो भन्ने गीतमा पहिलो प्रस्तुति गरेकी थिइन् भने दोश्रो उनले नायक जीवन लुइँटेललाई साथ दिएकी थिइन् l उनले अमेरिकामा पहिलो पटक प्रस्तुति गरेकी थिइन् ।

नायक जीवन लुइँटेलले नृत्य निर्देशक लुना श्रेष्ठ संग मेरो लाहुरे आउछ रे, म त मर्छु पो क्या हो ठुली भन्ने गीत गाउदा दर्शकले सिट्ठी बजाउनुको ताली बजाएका थिए ।

नेपाल ताराका प्रथम बिजेता दिपक लिम्बुले मैले माया गर्न जानिन होला र हेन्डसम हेन्डसम कान्छा दुई वटा गीत प्रस्तुत गरेका थिए । नायक राज बल्लव कोइरालाले कविता प्रस्तुत गरे भने कलाकार स्व कृष्ण श्रेष्ठलाई सम्झना गर्दै केहि कुरा राखेका थिए ।

हास्य कलाकार रतन सुबेदीको हवल्दारको प्रस्तुति र रातो भाले क्वायाक क्वायक सुत्केरीलाई ख्वाए गीतको प्रस्तुति मनोरञ्जन रहेकोले दोहोर्याउन समेत दर्शकले आग्रह गरेका थिए l कलाकार अमृत लामाले सुनिक्षा मैनाली संग नृत्य प्रस्तुति गरेका थिए ।

हास्य कलाकार गोपाल नेपाल (फिस्टे) र पुस्कर पन्तको प्रहसन बिशेष रहेको थियो भने युवा नृत्य निर्देशक नविन केसी तथा लुना श्रेष्ठले मलाई थाहा छैन भन्ने गीतमा गरेको नृत्य प्रस्तुति बेजोडको रह्यो ।

लोक गायक राम प्रसाद खनाल ,कलाकार राजेश नाथ (बैतडी बाजे)तथा अन्य केही स्थानीय कलाकारहरुले प्रस्तुति गरेका थिए l कलाकार मिनाक्षी बन्दना तथा संचारकर्मी परसु तिमिल्सिनाले कार्यक्रम संचालन गरेका थिए ।

कार्यक्रम अगाडि र पछाडी कुनै भाषण तथा सम्मान कार्यक्रम नगरी सबैलाई एकसाथ मंच मा बोलाउदै कार्यक्रम समापन गरिएको थियो ।

तस्वीर :राजिव श्रेष्ठ 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?