Comments Add Comment

डडेल्धुरामा पहिलो पटक फोहर दौड प्रतियोगिता

३० असोज, डडेल्धुरा । डडेल्धुरामा पहिलो पटक फोहर दौड प्रतियोगिता सम्पन्न भएको छ ।

ग्रीन अर्थ सोसाइटी-नेपाल डडेल्धुरको आयोजनामा प्रतियोगिताको आयोजनागरिएको हो ।

बढ्दो जलवायु परिवर्तमा सबैको ध्यान जानु आवश्यक रहेको भन्दै त्यसको न्यूनिकरणका लागि वातावरण सरसफाइमा युवाहरुलाई उत्प्रेरित गर्ने उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको ग्रीन अर्थ सोसाइटी-नेपाल डडेल्धुराका अध्यक्ष तीर्थराज पनेरुले जानकारी दिए ।

आफ्नो पकेट खर्चबाट यो कार्यक्रम आयोजना गरेको समेत उनले बताए ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई प्रमाणपत्रसहित नगद क्रमशः १५ सय, एक हजार र ५०० रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

प्रतियोगितामा सुमन सिँह ठकुरी प्रथम भएका थिए भने सिद्धराज पनेरु दोस्रो त्यस्तै किशोर बम तेस्रो भएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि अमरगढी नगर प्रमख विशेश्वर प्रसाद आझालेे कार्यक्रममा बोल्दै यस्तो फरक खालका कार्यक्रमले समाजमा राम्रो सन्देश दिएको बताए ।

डडेल्धरा सदरमुकाममा आयोजना भएको कार्यक्रममा जम्मा बाइस जना सहभागी भएका थिए ।

प्रतिस्पर्धीहरुले हातका ग्लोब लगाएर आफूले बोकेको बोरामा प्लास्टिक फोहोर जम्मा गर्दै दौडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment