Comments Add Comment

राजश्व कार्यालय जनकपुरका कर्मचारी घुससहित पक्राउ

३० असोज, काठमाडौं । आन्तरिक राजश्व कार्यालय जनकपुरमा कार्यरत कम्प्युटर अपरेटर राम किशोर महतो ३२ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महतोलाई कार्यालयको गेट अगाडिबाट नियन्त्रणमा लिएको हो ।

कानूनबमोजिम उक्त कार्यालयमा दर्ता भएको पसल बन्द गरीपाउँ भनि सेवाग्राहीले निवेदन दिएको र सो कार्य गरिदिनको लागि विभिन्न बहानामा उनले घुस लिएको अख्तियारले जनाएको छ ।

सेवाग्राहीको उजुरीको आधारमा अख्तियार कार्यालय बर्दिवासबाट खटिएको टोलीले महतोलाई पक्रेको सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment