Comments Add Comment

सिटिजन्स बैंकले गर्यो ‘कामका लागि नगद’ वितरण कार्यक्रमको भुक्तानी

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भूकम्प अति प्रभावित धादिङ, गोरखामा असोज ५ गतेदेखि ६ दिन सञ्चालन भएको कामका लागि नगद वितरण योजना अन्तर्गत भुक्तानी गरेको छ ।

वेल्ट हंगर हिललाइफ/लुथेरन वल्र्ड फेडेरेशनको सहकार्यमा विश्व बैंक खाद्य कार्यक्रमले “कामका लागि नगद” आयोजना सञ्चालन गरेको हो । भूकम्प प्रभावित क्षेत्रमा स्थानिय बाटो निर्माण गरेवापत नगद भुक्तानी दिने काममा बैंकले सहयोग गरेको हो ।

यस्ता प्रकारका कार्यक्रम बाट स्थानिय विकास निर्माणका काममा सहयोग पुग्नुका साथै विपन्न परिवारको आर्थिक सहयोगमा सुधार आउने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment