Comments Add Comment

बेखुश जागिरे बनिन् सफल व्यवसायी

जागिर छाडेर नङपालिस उत्पादनले दियो सफलता

३१ असोज, काठमाडौं । केही व्यक्ति जागिरमा खुशी नभए पनि आफ्नो जिन्दगी त्यसैमा बिताउँछन् । न्युजिल्यान्डकी अन्ना रोसले भने जागिरप्रतिको असन्तुष्टीलाई सफलतामा बदलेकी छन् ।

रोसले २० वर्षको उमेरदेखि नै जागिर थालेकी थिइन् । तर, त्यस क्रममा उनी कहिल्यै खुशी भइनन् । लामो समय काम गर्दा पनि उनले सन्तोषजनक तलब पाइनन् ।

थोरै पैसाका लागि सातामा ९० घण्टासम्म काम गर्नुपर्ने उनको बाध्यता थियो । उनी भन्छिन्, ‘जागिरप्रति असन्तोष मात्रै होइन म आफैं पनि निराश भएकी थिएँ । न्युजिल्यान्डदेखि उनले अस्ट्रेलियाका विभिन्न स्थानमा काम गरिन् तर खुशी हुन सकिनन् ।

जागिरबाट खुशी हुन नसकेपछि उनले व्यवसायको योजना बुनिन् । सुरुवातमा कपडा व्यवसाय रोजिन् । न्युजिल्यान्ड बसाइका क्रममा उनले कपडाको व्यवसाय सुरु गरिन् । अध्ययनका लागि अस्ट्रेलिया गएपछि भने त्यसलाई निरन्तरता दिन सकिनन् ।

अस्ट्रेलिया पुगेर फेसनमा स्नातक गर्दै थिइन् । र, मेलबर्नमा एक कपडा कम्पनीमा काम थालिन् ।

जागिरबाट आउने तलबबाट उनी अस्ट्रेलियामा पनि खुुशी भइनन् । त्यसपछि उनले पैसा कमाउन व्यवसाय गर्ने योजना बनाइन् । एकैपटक हाम फाल्दा जोखिम हुने देखेर रोसले सुरुमा जागिरबाट बचेको समयमा व्यवसाय गर्ने निर्णय गरिन् ।

सोहीअनुसार सन् २००९ मा उनले गहनाको व्यवसाय थालिन् । र, ‘केस्टर ब्ल्याक’को ब्रान्डमा गहना बिक्री गर्न थालिन् ।

त्यसबाट उनलाई विभिन्न बिलको पैसा तिर्न सहज भयो । सोही क्रममा उनले नङ पालिस पनि बेच्ने सोच बनाइन् । तर, अरुले उत्पादन गरेको नङ पालिस बिक्री गर्न उनी तयार भइनन् । र, आफैंले उत्पादन गरेर बजारमा पु¥याउने सोच बनाइन् ।

तर, त्यो त्यति सहज कुरा थिएन । त्यसकै लागि उनले लामो समय अध्ययनमा खर्चिइन् । एक हिसाबले अनुसन्धान नै गरिन् । अन्ततः एक रसायनशास्त्रीलाई साथमा लिएर नङ पालिसको उत्पादन थालिन् ।

त्यसका लागि वेबसाइट निर्माण गरिन्, जसले उत्पादित सामग्री बजारमा पु¥याउन उनलाई सहज भयो । केही समय नबित्दै उनको उत्पादनले बजार ततायो ।

त्यसपछि उनले जागिर छाडिन् । र, सन् २०१२ मा आएर गहनाको व्यवसाय पनि बन्द गरिन् । अबको उनको ध्यान नङ पालिसमा केन्द्रित भयो ।

तीन महिनामै उनको व्यवसाय तीन गुणा वृद्धि भयो । उनको ‘केस्टर ब्ल्याक नङ पालिस’ अस्ट्रेलियाको चर्चित ब्रान्ड बनेको छ । उनका उत्पादन अमेरिका, मलेसिया र जापान पनि निर्यात हुन थालेको छ ।

उनको कम्पनीमा स्थायी जागिरे एक जना मात्र छन् !

उनी सामाजिक सञ्जालमा पनि सक्रिय छिन् । र, त्यसलाई व्यापार प्रवद्र्धनको माध्यम बनाएकी छन् । मेलबर्नको भित्री क्षेत्रमा रहेको उनको कार्यालय सातामा चार दिन मात्र खुल्छ ।

उनी भन्छिन्, ‘मलाई जोखिम मोल्न मन पर्छ । तर, त्यससँगै त्यो काम गर्न ठूलो शक्ति लगाउँछु अनि सफल बन्छु ।’

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment